Tuesday , 17 June 2025
Photo: https://alpineclubofhimalaya.com/

आगजनीका कारण बन्द भएको विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । विभिन्न स्थानमा भएको आगजनीका कारण प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) पुनः सञ्चालनमा आएको छ। राजावादी आन्दोलनकारीहरूले काठमाडौंका विभिन्न भागमा आगजनी गरेपछि प्रदूषण तथा सुरक्षाका कारण उडान तथा अवतरण केही समयका लागि रोकिएको थियो।

विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार कोटेश्वर, सिनामंगललगायतका क्षेत्रमा भएको आगलागीले वायुमण्डलमा धुवाँको मात्रा बढाएपछि सतर्कता अपनाउँदै विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको थियो।

“पूर्व सावधानीका लागि हामीले केही समयका लागि एयरपोर्टको उडान रोक्नुपरेको थियो। अहिले अवस्था सामान्य भएपछि पुनः उडान तथा अवतरण सुरु गरिएको छ,” प्रवक्ता शेर्पाले जानकारी दिए।

आन्दोलनकारीहरूद्वारा विभिन्न स्थानमा गरिएको आगजनीका कारण सर्वसाधारणमा त्रास फैलिएको थियो भने सडक यातायातसमेत प्रभावित भएको थियो। सुरक्षाकर्मीहरू परिचालित भएसँगै स्थिति नियन्त्रणमा आएको र विमानस्थल पुनः सञ्चालनमा आएको अधिकारीहरूले जनाएका छन्।

लेखक/संकलन कर्ता - अमृत भण्डारी

अमृत भण्डारी एक जुझारु उद्यमी, YouTube सामग्री निर्माता, र सोशल मिडिया रणनीतिकार हुन्, जो मानिसहरूलाई जोड्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न समर्पित छन्। Nepali in USA च्यानलका संस्थापकका रूपमा, उनले जानकारीमूलक, प्रेरणादायी, र मनोरञ्जनात्मक सामग्री उत्पादन गर्छन्।

यो पनि हेर्नुहोस

तीन जना अमेरिकी नागरिक बालबालिका होन्डुरास डिपोर्ट, कानुनी प्रक्रिया प्रश्नमा

ह्युस्टन — लुइजियानाबाट तीन जना अमेरिकी नागरिक बालबालिकालाई होन्डुरस निर्वासित गरिएको घटनाले अमेरिका भरि आक्रोश …