काठमाडौं । तीनकुनेस्थित एक भवनमा लागेको आगलागीमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुखद निधन भएको छ।
रजक टेलिभिजनका लागि दृष्य कैद गर्न भवनको छतमा पुगेका थिए। सोही क्रममा आगलागीमा परेर ज्यान गुमाएको अनुमान गरिएको छ।
राजावादी प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। त्यसपछि एक भवनमा आगलागी भएको र त्यसपछि नै पत्रकार रजक सम्पर्कविहीन बनेका थिए।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, “रिपोर्टिङमा गएका हाम्रा सहकर्मी सम्पर्कमा आउन सकेका छैनन्। अस्पतालहरूमा खोजी गर्दा पनि कुनै जानकारी प्राप्त भएको छैन।”
उद्धारमा ढिलाइ भएको आरोप लगाउँदै एभिन्युज टेलिभिजनका अर्का पत्रकारले भने, “हाम्रो साथी सो भवनभित्रै रहेको सूचना प्रहरीलाई दिएको भए पनि समयमै उद्धार हुन सकेन।”
यसैबीच, घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पनि पुगेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।
Nepali in USA Your Guide to Life in the USA
