Thursday , 1 May 2025
Photo: www.onlinekhabar.com

तीनकुने आगलागीमा एभिन्युज टिभीका पत्रकारको निधन

काठमाडौं । तीनकुनेस्थित एक भवनमा लागेको आगलागीमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुखद निधन भएको छ।

रजक टेलिभिजनका लागि दृष्य कैद गर्न भवनको छतमा पुगेका थिए। सोही क्रममा आगलागीमा परेर ज्यान गुमाएको अनुमान गरिएको छ।

राजावादी प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो। त्यसपछि एक भवनमा आगलागी भएको र त्यसपछि नै पत्रकार रजक सम्पर्कविहीन बनेका थिए।

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, “रिपोर्टिङमा गएका हाम्रा सहकर्मी सम्पर्कमा आउन सकेका छैनन्। अस्पतालहरूमा खोजी गर्दा पनि कुनै जानकारी प्राप्त भएको छैन।”

उद्धारमा ढिलाइ भएको आरोप लगाउँदै एभिन्युज टेलिभिजनका अर्का पत्रकारले भने, “हाम्रो साथी सो भवनभित्रै रहेको सूचना प्रहरीलाई दिएको भए पनि समयमै उद्धार हुन सकेन।”

यसैबीच, घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पनि पुगेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

लेखक/संकलन कर्ता - अमृत भण्डारी

अमृत भण्डारी एक जुझारु उद्यमी, YouTube सामग्री निर्माता, र सोशल मिडिया रणनीतिकार हुन्, जो मानिसहरूलाई जोड्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न समर्पित छन्। Nepali in USA च्यानलका संस्थापकका रूपमा, उनले जानकारीमूलक, प्रेरणादायी, र मनोरञ्जनात्मक सामग्री उत्पादन गर्छन्।

यो पनि हेर्नुहोस

अमेरिकामा जन्मिएका युवकलाई गैरकानुनी आप्रवासी भन्दै पक्राउ, जन्म प्रमाणपत्र देखाएपछि मात्र छुट्टी

फ्लोरिडामा सवारी जाँचको क्रममा अमेरिकी नागरिक एक रात हिरासतमा, अदालतले जन्म प्रमाणपत्र प्रमाणीकरण गरेपछि रिहा …