Thursday , 12 March 2026

शिक्षा विभाग खारेज गर्ने ट्रम्पको निर्णय, कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं, ८ चैत – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय शिक्षा विभाग बन्द गर्ने दिशामा कदम चालेका छन्। उनले यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै विभागलाई यथासक्य चाँडो विस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पले शिक्षा क्षेत्र सुधारमा उल्लेखनीय उपलब्धि नभएको भन्दै यो निर्णय लिएका हुन्। उनले आदेशमा हस्ताक्षर गरेपछि भने, “यसबाट कुनै वास्तविक फाइदा देखिएको छैन, त्यसैले हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं।”

शिक्षा विभाग खारेज गर्ने प्रस्ताव ट्रम्पको चुनावी अभियानकै मुख्य मुद्दा थियो। तर, यसलाई पूर्णरूपमा हटाउन अमेरिकी कंग्रेसको अनुमोदन आवश्यक पर्ने भएकाले तुरुन्त कार्यान्वयन हुने सम्भावना न्यून देखिन्छ।

यसअघि पनि ट्रम्पले संघीय स्तरको शिक्षा प्रणालीलाई राज्य सरकारहरूमा हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका थिए। अब भने उनले त्यसै दिशामा ठोस पहल थालेका छन्।

लेखक/संकलन कर्ता - अमृत भण्डारी

अमृत भण्डारी एक जुझारु उद्यमी, YouTube सामग्री निर्माता, र सोशल मिडिया रणनीतिकार हुन्, जो मानिसहरूलाई जोड्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न समर्पित छन्। Nepali in USA च्यानलका संस्थापकका रूपमा, उनले जानकारीमूलक, प्रेरणादायी, र मनोरञ्जनात्मक सामग्री उत्पादन गर्छन्।